ब्राइट फ्यूचर माविमा नोबेल अस्पतालको बृहत् स्वास्थ्य शिविर सम्पन्न


मणिराम दाहाल – सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा स्थित ब्राइट फ्यूचर माध्यमिक विद्यालय सलकपुरमा निःशुल्क रूपमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नोबेल टिचिङ अस्पताल, विराटनगरको सहकार्यमा शिविर भएको थियो ।

शिविरमा उपलब्ध भएको विशेषज्ञ सेवाहरू जनरल मेडिकल तथा मुटुरोग , प्रसूति तथा स्त्रीरोग , बालरोग ,हाडजोर्नी तथा नसारोग, छाला तथा यौन रोग ,नाक कान घाटी ,आँखा परीक्षण तथा उपचार,दन्त सेवा ,भिडियो एक्स–रे ,ल्याब इ.सी.जी. रहेको थियो ।

शिविरमा अभिभावक तथा विद्यार्थी गरी करिब ७ सयले सेवा सुविधा लिएको साथै आगामी समयमा समेत विद्यार्थीहरुको पढाइ लेखाइ सँगै यस्ता महत्त्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिदी स्वास्थ्य र समाजसेवाको क्षेत्रमा समेत अघि बढ्ने विद्यालयका प्रिन्सिपल टीकाराम ढकालले बताए । उनले विद्यालयका विद्यार्थीहरू तथा वरपर समुदायका अभिभावकहरूको स्वास्थ्यलाई ध्यानमा राखी एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविरको कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्