लक्ष्मी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा सुजय गौतम निर्वाचित


बेलबारी, २५ फागुन । लक्ष्मी सामुदायिक बन उपभोक्ता समूहको नयाँ कार्यसमितिको नेतृत्व सुज गौतमले पाएका छन् । लामो समय सम्म विवादित बनेको मोरङको बेलबारी ११ मा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समूहको मङ्गलवार सम्पन्न निर्वाचनबाट गौतक अध्यक्षमा निर्वाचित भएका हुन ।

मङ्गलवार भएको मतदानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका उपभोक्ताहरू विजयी भएका छन् । अध्यक्ष, उपाध्यक्ष सचिव कोषाध्यक्ष र सभामुख पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा गौतमले ३१ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी बहादुर थेबेले १९ मत मात्रै ल्याएका थिए । उपाध्यक्ष भने गोला प्रथाबाट छानिएको छ ।

उपाध्यक्षका लागि भएको मतदानमा बराबरी मत आएको थियो । उपाध्यक्षका लागि सत्तरी चौधरी र जितेन्द्र न्यौपाने चुनावी मैदानमा होमिएका थिए । दुवै जानले बराबरी मत प्राप्त गरेपछि गोला प्रथाबाट न्यौपाने विजयी बनेका हुन । सचिवमा चन्द्रकला राई गुरुङले ३३ मत ल्याउँदै विजयी यात्रा तय गर्दा चुणादेवि ढकालले भने १७ मत मात्रै ल्याएकी थिइन ।

कोषाध्यक्षमा तेज बहादुर दाहालले २९ मत र उनका निकटतम प्रतिद्वन्द्वी टिका कुमारी गौतमले २० मत मात्रै प्राप्त गरेकी थिइन । अन्य सदस्यहरू भने सर्व सम्मति बाट निर्वाचित गरिएको थियो । निर्वाचित भएका मध्ये उपाध्यक्ष न्यौपाने काँग्रेसका हुन भने अरू सबै नेकपा एमाले माओवादीका हुन ।

प्रतिक्रिया दिनुहोस्