बेलबारीमा ज्येष्ठ नागरिकहरूले उत्साहित बनेर कोरोना विरुद्धको खोप लगाए


बेलबारी, २४ फागुन । ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर आइतबार देखी सुरु गरिएको कोरोना विरुद्धको खोप भ्याक्सिन लगाउनका लागि बेलबारीका ज्येष्ठ नागरिकहरू उत्साहित भएका छन् । डर त्रासका कारण कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने आकलन भइरहेका बेला वृद्धबृद्धाहरूको उत्साहित हुँदै खोप लगाएका छन् ।

कार्यक्रम सुरु गर्नु अघि स्वास्थ्यकर्मी गाउँ गाउँमा गएर कोरोको खोपका विषयमा ज्येष्ठ नागरिक हरूलाई बुझाएका थिए । खोप लगाउन सुझाव दिँदै स्वास्थ्यकर्मी गाउँ गाउँमा परिचालित भएपछि उत्साह देखिएको हो । सबैलाई घर घरमै गएर खोप लगाउँदाका फाइदा र बेफाइदा बारे जानकारी गराएको स्वास्थ्यकर्मी सन्तोष विश्वकर्माले बताए ।

पहिला कुनै पनि खोप नलगाएकाले समेत उत्साहित भएर खोप लगाएका छन् । खोप लगाएकाहरू ज्येष्ठ नागरिकहरूलाई ढुक्क भएर भ्याक्सिन लगाउन आग्रह गरेका छन् । ढुक्क भएर भ्याक्सिन लगाउन स्थानीय कुलचन्द्र कार्कीले आग्रह गरेका छन् । सकारले ल्याएको कार्यक्रम राम्रो भएको समेत उनीहरूले प्रतिक्रिया दिएका छन् । खोप लगाउनका लागि नागरिकता,मतदाता परिचयपत्र वा लाइसेन्सजस्ता परिचयपत्र बोकेर उनीहरू खोप केन्द्रमा पुगेका थिए ।

गर्भवती महिला, तुरुन्त गर्भवती हुने योजनामा रहेका महिलाहरू, सिकिस्त बिरामीहरूले खोप लगाउन नमिल्ने अन्य सबैले भ्याक्सिन लगाउन मिल्ने डाक्टर उमेश शाहले बताए । स्वास्थ्यकर्मी हरूले ध्यान दिए सबै नागरिकले ढुक्कले खोप लगाउने डक्टर शाहको भनाई रहेको छ । २८ गते सम्म खोप केन्द्र तथा नजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाइने नगरपालिकाको कार्यालयले जनाएको छ । खोप केन्द्र तथा स्वास्थ्य कार्यालयहरूमा गएर खोप लगाउन नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सबैलाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्