बजार नपाएपछि किसानद्वारा टमाटर निःशुल्क वितरण


लेटाङ, २१ फागुन । मेहनतले आफूले उत्पादन गरेको टमाटरले बजार नपाउँदा किसानहरूले उत्पादन गरेको टमाटर निःशुल्क रूपमा वितरण गरेका छन् । बजार व्यवस्थापनमा सरकारले चासो नदिँदा किसानले उत्पादन गरेको टमाटर बारीमै कुहिने अवस्था आएपछि लेटाङ नगरपालिका वडा नं. ८ स्थित जाँते बजारमा किसानहरूले गाउँलेलाई बोलाएर आफूले उत्पादन गरेको टमाटर सित्तैमा वितरण गरेका हुन् ।

एक विगाह खेती भाडामा लिएर तरकारी खेती गर्दै आएका दुई युवा सविन निरौला र नीरज लावती अव बिदेसिनुको विकल्प देख्न छाडेका छन् । उनीहरूले गत वर्ष देखि बेमौसमे तरकारी खेती गर्दै आएका थिए । करिब ५ लाख खर्च गरेर खेती गरेको उनीहरूले लगानी समेत उठाउन नसकेको भन्दै सरकार सँग गुनासो गरेको छन् । सरकारले रोजगार दिन पर्दैन मात्र किसानको उत्पादनलाई उचित मूल्य सहितको बजार व्यवस्थापन गरिदिए पुग्छ किसान नीरज लावती गुनासो गर्छन् ।

भारतबाट आउने टमाटर ३ रुपैयाँ केजीमै आउने गरेको बत्ताउँछन् स्थानीय व्यापारी कुमार थापा । उनी जाँतेका कृषकहरूले उत्पादन गरेको कृषि उपजहरू बजार सम्म पूर्याउछन् । उनका अनुसार बजारमा टमाटरको भाउ नभएपछि किसानबाट टमाटर लान सकिएको छैन ।

उद्योग वाणिज्य संघ लेटाङका सचिव कुवेर पौडेलले सरकारको किसानले उत्पादन गरेको तरकारी लाई ध्यान दिन नसकेको प्रति ध्यानाकर्षण गराएका छन् भने संस्थागत रूपमा समेत किसानहरूले उत्पादन गरेको टमाटर नबिकेको सन्दर्भमा संस्थाको धारणा सार्वजनिक गर्ने बत्ताएका छन् ।

प्रतिक्रिया दिनुहोस्