बेलबारीको श्रीजंगा मार्गको केशलिया खोलामा पक्की पुल बन्दै : सांसद ओझाद्वारा शिलान्यास


बेलबारी, १६ फागुन । बेलबारीको श्रीजंगा मार्गको केशलिया खोलामा पक्की पुल बन्ने भएको छ । वडा नं.४ र ९ जोड्ने श्रीजंगा मार्गको केशलिया खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद राजकुमार ओझाद्वारा पुलको शिलान्यास भएको हो । प्रदेश सभा अन्तरगत प्रत्येक निर्वाचन क्षेत्रमा एक महोत्व पुर्ण पुल निर्माण गर्ने सवालमा श्रीजंगा मार्गको केशलिया खोलामा पुल निर्माणको आयोजना राखिएको सांसद ओझा बताएका छन् । जनताको अवश्यक्ता र मागलाई मध्यनजर गर्दै केशलियामा पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको ओझाले बताए ।

ओझाका अनुसार उनी निर्वाचित भए लगतै केशलियामा पुल निर्माणको लागि विशेष पहल गर्दै आएकोमा ३ वर्ष पछि मात्र पुल निर्माण कार्यको सुरुवात भएको छ । वडा नं. ४ मा रहेको श्रीजंगा आधारभूत विद्यालयका विद्यार्थी तथा वडा ४ र ९ का स्थानीयलाई आवतजावतमा अवरोध हुने हुँदा पुल निर्माण अनिवार्य भएको ओझा बताउँछन् । ओझाका अनुसार १ करोड ४० लाखमा पुल निर्माण कार्य हुदै छ ।

पुल बन्ने भए पछि स्थानीयमा पनि खुसी छाएको छ । तोकिएको समय अवधि भित्र पुल निर्माण भइसकोस् भन्ने स्थानीयको आग्रह पनि रहेको छ ।पुर्वधार विकास कार्यालय मोरङका कार्यालय प्रमुख राजेन्द्र अधिकारीले एक वर्ष भित्र पुल निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।

समय अवधि भित्र निर्माण कार्य सम्पन्न गर्न निगार्नी कडाइ गर्ने प्रमुख अधिकारी बताउँछन् । आइतबारको पुल शिलान्यास कार्यक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्