इटहरीमा एक अर्ब बढीको भौतिक संरचना निर्माण हुने : मेयर द्धारिकलाल चौधरी


इटहरी, १३ फागुन । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब बढीको भौतिक संरचना निर्माण हुने बताएका छन् । इटहरी वडा नम्बर ३ को वडा कार्यालय भवन शिलान्यास गर्दै प्रमुख चौधरीले इटहरीमा गत वर्ष भन्दा बढी भौतिक निर्माण हुने बताएका हुन ।

८५ करोडका योजना टेण्डर गरिसकिएको चौधरीले बताए । ४० भन्दा बढी वहुवर्षे योजना समेत टेण्डर प्रक्रियामा रहेको जानकारी दिएका छन् । चौधरीका अनुसार गत वर्ष सुरु भएको पाँच वटा वहुवर्षे सडक निर्माण भइसकेको छ ।

प्रमुख चौधरीले कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थाका बाबजुद पनि इटहरीमा विकासले गति लिएको जनाए । उनले नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपार्ने दोहोराए ।

उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने बताएन । निर्माण कार्य भइरहँदा जनस्तरबाट पनि खबरदारी हुनु पर्नेमा उनीले जोड दिइन । वडाध्यक्ष वालकृष्ण विष्टले वडा नम्बर तीनमा भौतिक निर्माणको कार्यले गति लिएको बताए । उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ८४ लाख ३५ हजारको लागतमा भूकम्प प्रतिरोधी तथा अपांडतामैत्री वडा कार्यालय भवन निर्माण हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्