पथरीसनिस्चरे फाइनलमा प्रवेश : फाइनलमा विराटचौकसँग भिड्दै


बेलबारी, २ फागुन । पथरीसनिस्चरे क्लब, पथरी भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७७ को फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक टिम भाउन्ने फुटबल क्लब, बेलबारीलाई ३–० गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरे हो ।


प्रतियोगिताको फाइनल खेलमा पथरी र सगरमाथा क्लब विराटचौक भिड्ने पक्का भएको छ । शनिवार भएको पहिलो सेमिफाइनल खेलमा विराटचौकले रोयल स्र्पाेटिङ क्लब दमक, झापालाई ३–१ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

(आयोजक टिम भाउन्ने फुटबल क्लब, बेलबारीका खेलाडी उमेश राई)

भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधि कसले हात पार्ने हो त्यो भने फाल्गुन ४ गते हुने फाइनल खेलले निर्णय गर्ने छ । आयोजकका अनुसार विजेता टिमले उपाधिसहित ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्