नेकपा सुनसरीका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण सम्पन्न


इटहरी, २ फागुन । नेकपा सुनसरीका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण सम्पन्न भएको छ । नेकपा ओली समूहका नवनियुक्त अध्यक्ष रेवती रमण भण्डारी,उपाध्यक्ष निलम खनाल,सचिव पर्शुराम यादव,सहसचिव लिलम बस्नेत, संगठन विभाग प्रमुख योग्य राज खडका, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटीका पदाधिकारी सदस्यहरूले शपथग्रहण गर्नुभएको हो ।

साबिकका थप गरी ४सय ६७सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरेले शपथ गराउनुभयो । नेकपा ओली समूहले सुनसरीका वाहैवटा स्थानीय तहको अध्यक्ष समेत तोकेको छ । जिल्ला अध्यक्ष रेवती रमण भण्डारीका अनुसार इटहरी अध्यक्षमा याम सुब्बा,धरानमा हर्कजंग एभेङ्ग,दुहबी खडग नारायण उराउ, वराहक्षेत्र गजेन्द्र थापा,रामधुनी योगेन्द्र खडका,इनरुवा विदुर सुवेदी, गढि प्रभाकर माझी,बर्जू दिल कुमार गुरुङ,देवानगंज राम प्रसाद मेहता,हरिनगर जय प्रसाद शाह,भोक्राहा नरसिंह अक्रम अन्सारी,कोशी रामखेलन शाह अध्यक्षमा चयन हुनुभएको छ ।

बैठकले गत पौष ५ गतेको प्रधानमन्त्रीले लिएको निर्णयको हार्दिक समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा सुनसरी जिल्लाका चार ओटै निर्वाचन क्षेत्रमा विजयी हुने विश्वासका साथ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । फागुन ८ गते विराटनगरमा हुने जनसभामा सुनसरीवाट ३० हजार सहभागिता गराउने गरी तयारी गरिएको बैठकपछि अध्यक्ष रेवती रमण भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्