बेलबारी १ को जनता स्कुलको ५३ औ वार्षिक उत्सव सम्पन्न


बेलबारी, २० माघ । मोरङको बेलबारी १ मा रहेको जनता माध्यमिक विद्यालयको ५३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव बरालको अध्यक्षतामा वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले शिक्षा स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको बताउनु भएको छ । बेलबारीका सामुदायिक विद्यालयहरू नमुना बनाउन आफू लागि परेको समेत उहाँले बताउनु भयो ।

वार्षिक उत्सवको अवसरमा शिक्षक तथा विद्यार्थी हरूको नृत्य, पुरस्कार वितरण, अभिभावक सम्मान साथै विद्यालय क्षेत्रमा योगदान पुर्याउने हरूलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्