मिर्गौला पीडित प्रवीण गिरीलाई उपचारार्थ रकम रु.७५ हजार २ सय ७५ सहयोग


बेलबारी, १७ माघ । मिर्गौला पीडित प्रवीण गिरीले उपचारार्थ रकम रु.७५ हजार २ सय ७५ प्राप्त गरेका छन् । रङ्गेली नगरपालिकाका २३ वर्षका गिरीलाई उपचारको लागि सो रकम सहयोग गरेको हो ।

एक वर्ष भन्दा बढी लामो समय देखी गिरी मिर्गौलाको बिरामीदेखि थलिएका छन् । अनिल गिरी, अनु पुरी, प्रकाश गिरी, सुस्मा गिरी, माधव गिरी, सुस्मा गिरी लगायत मिलेर आर्थिक सहयोग गरे प्रवीण बचाउन अभियानका संयोजक रोमन राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्