बेलबारी, १३ माघ । बेलबारी ९ वडा कार्यालयले धानको बिउँ वितरण सुरु गरेको छ । बेलबारी नगरपालिकाको कार्यक्रम एक वडा एक उत्पादन अन्तरगत ९ नं. वडा कार्यालयले कृषकहरूलाई धानको बिउँ वितरण गर्न सुरु गरेको हो ।
वडाको १४ टोल विकास संस्थालाई धानको बिउँ वितरण गर्ने वडा सदस्य तीर्थ बहादुर ढकालकाले बताएका छन् । वडा भित्रको टोल विकास संस्थाले नै कृषकलाई चाहिने धानको बिउँको मात्र निर्धारण गरे अनुसार वडाले वितरण गर्ने ढकालले जनाए । एक टोल विकास संस्थालाई अधिकतम १५ बिगा बराबरको बिउँ वितरण गर्ने ढकालले बताए ।
यस आर्थिक वर्षमा मात्र नभएर वार्षिक रूपमा नै वडा कार्यालयले बिउँको अनुदान प्रदान गरे राहत मिल्ने स्थानीय कृषकहरू बताउँछन् । नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखे अनुसार नै वडाले पनि कृषिलाई प्राथमिकतामा राखेको वडाध्यक्ष नगेन्द्र खड्का बताएका छन् । नगरपालिकाद्वारा निर्धारित कार्यक्रमलाई सफल बनाउन वडा कार्यालय सधैँ सक्रिय रहेको खड्काले बताए । कोरोनाको करण सबै क्षेत्रका कार्यक्रमहरू प्रभावित भए पनि अब वडाले सम्पन्न गर्न सबै काममा तीव्र अगाडी बढाउने अध्यक्ष खड्काले बताएका छन् ।
https://youtu.be/bG01WTcMdxc