उज्यालो नगर अभियान : बेलबारीमा धमाधम ट्रान्समिटर जडान गर्दै


उत्तम पोख्रेल – बेलबारी / बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ । विधुत नपुगेका वडा तथा टोलमा बिजुली पुर्‍याउने उदेश्यका साथ नगरपालिकाले अहिले सङ्घीय तथा प्रदेश सरकार सँगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको छ ।

दुई महिना भित्रमा नगरपालिकाले २ वटा ट्रान्समिटर जडान गरिसकेको छ । वडा नम्बर ६ र ९ नम्बरमा जडान गरिसकिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उज्यालो नगरका रुपमा विकास गर्न तीव्र गतिमा काम भइरहेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले नगरका सबै घरहरूमा झलमल्ल बत्ती बाल्ने काम अगाडि बढाइएको बताएका छन् ।

विकास बजेट सहर केन्द्रित भइरहेको बताइरहेका बेला नगरपालिकाले भने गाउँ केन्द्रित बजेट पुर्‍याउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्