श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूह केराबारीको अध्यक्षमा अमर राई निर्वाचित


केराबारी, २४ पुस । श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूह केराबारीको अध्यक्षमा अमर राई निर्वाचित भएका छन् । शनिवार भएको श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन ।

प्रतिद्वन्द्वी हरि विष्टलाई राईले ८५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । राईले १८६ मत र विष्टले १०१ मत प्राप्त गरे । उपाध्यक्षमा गोविन्द बस्नेत र सचिवमा इन्दिरा कार्की सर्वसम्मतमा चयन भएका छन् ।

सहसचिवमा आशा लिम्बु निर्वाचित भएका छन् । लिम्बुले १६९ मत प्राप्त गरिन भने उनका प्रतिद्वन्द्वी मोहन कार्कीले १०८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा १३९ मत प्राप्त गर्दै समिर लिम्बु विजयी भएका छन् भने प्रतिद्वन्द्वी सन्तोष राईले १२८ मत प्राप्त गरेका छन् ।

खुल्ला तर्फबाट इन्दिरा तामाङ, अशोक लिम्बु र सुमन तामाङ गरी ३ सदस्य निर्वाचित भएका छन् । लेखा संयोजकमा पदम कार्की १८० मत सहित निर्वाचित भएका छन् । कार्कीका प्रतिद्वन्द्वी तेजेन्द्र थापाले भने ९२ मत प्राप्त गरे । ३०७ मा ३०० मतदाताले मतदान गरेको नवनिर्वाचित अध्यक्ष अमर राईले जानकारी दिएका छन् ।

https://youtu.be/H6yKRElS6zw

प्रतिक्रिया दिनुहोस्