फाइनलमा झापा र धनकुटा भिड्दै : स्व. संजोग स्मृति खुला नकआउट फुटबल प्रतियोगिता


बेलबारी, पुस २४ । बेलबारी फुटबल क्लबद्वारा आयोजित टुबोर्ग स्व. संजोग स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सताक्षीधाम स्पोटिङ क्लब, झापा र रारा फुटबल क्लब राजारानी, धनकुटा भिड्ने भएको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा झापाले धरान सिटी एकेडेमी फुटबल क्लबलाई १–० गोलको अन्तरले हराउँदै फाइनलमा धनकुटासँगै भिड्ने पक्क भएको हो । धरानसँग भएको खेलमा झापाका शिशिर लेखीको एक गोल नै निर्णायक बनेको थियो ।

खेलको ६४ औँ मिनेटमा शिशिरले गोल गर्दै झापालाई प्रतियोगिताको उपाधिको लागि फाइनल प्रतिस्पर्धामा सुनिश्चित गरेको हो । खेलको म्यान अफ द म्याच विशाल दर्जी घोषित भए । उनले नगद पुरस्कार रु.२ हजार ५ सय ५५ प्राप्त गरे ।

पुस १६ गते देखी सुरु भएको प्रतियोगिताको पुस २५ गते शनिवार फाइनल हुँदै छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु.५५ हजार ५ सय ५५ प्राप्त गर्ने छ भने उपविजेताले रु.३३ हजार ३ सय ३३ प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्