बेलबारी १ मा माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७७ हुने


बेलबारी, पुस २१ । नेपाल मगर संघ, बेलबारी १, नक्सलबारीको आयोजनामा माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता हुने आयोजकले जनाकारी दिएको हो ।

बेलबारी १ स्थित नक्सलबारी खेल मैदानमा पुस २४ गते देखी प्रतियोगिता सुरु हुने नेपाल मगर संघ, बेलबारी १ का अध्यक्ष मणि मगरले जानकारी दिएका छन् । प्रतियोगितामा ८ टोलीको सहभागिता हुने छ ।

बेलबारी १ मा बौद्ध गुम्बा निर्माणको लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष मगरले बताएका छन् । उनले भने,‘विशेष गरी बौद्ध गुम्बा निर्माण गर्न र खेल विकासको लागि प्रतियोगिताको आयोजना गरिएको हो ।’

प्रतियोगितामा सहभागी हुने फुटबल टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा लेटाङ फुटबल क्लब, नक्सलबारी फुटबल क्लब बेलबारी १, सेतीसाले युनियन केराबारी, रारा फुटबल क्लब राजारानी धनकुटा रहेका छन् भने समूह ‘बी’ मा डिएफसी मोरङ, तलतलिया फुटबल क्लब इटहरी, एपिएफ पकली सुनसरी र विराटनगर फुटबल क्लब रहेको छ ।

आयोजकका अनुसार फाइनल माघ १ गते हुने छ । प्रतियोगिताको विजेताले रु.५१ हजार र उपविजेताले रु.३१ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

https://youtu.be/etuR2EfUyEY

प्रतिक्रिया दिनुहोस्