सताक्षीधाम झापा सेमिफाइनलमा प्रवेश : स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिता


बेलबारी, २१ पुस । मोरङको बेलबारीमा जारी स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगितामा सताक्षीधाम स्पोटिङ क्लब, झापा सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बेलबारीलाई ३–० गोलको अन्तरले हराउँदै झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोल विहीन खेल सकिएको थियो । दोस्रो हाफमा भने झापाले ३ गोल गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ । खेलको ६२ औँ मिनेटमा झापाका खेलाडी शिशिर लेखीले पहिलो गोल गरेका थिए भने ७० औँ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए ।

शिशिरले गरेको २ गोलसँगै मनीष थापाले खेलको निर्धारित समय ८० मिनेटमा थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच शिशिर घोषित भएका छन् । उनले नगद पुरस्कार रु.२ हजार ५ सय ५५ प्राप्त गरेका छन् ।

आयोजकका अनुसार भोलि बुधवार प्रतियोगिताको पहिलो सेमिफाइनलमा रारा फुटबल क्लब राजारानी, धनकुटा र बिन्दबासिनी फुटबल क्लब, बिराटागर बीच प्रतिस्पर्धा हुने छ ।

https://youtu.be/5MZnKz6i9xM

प्रतिक्रिया दिनुहोस्