आज आयोजक बेलबारी फुटबल क्लब रातो र सताक्षीधाम भिड्दै : रारा सेमिफाइनलमा


बेलबारी, २१ पुस । बेलबारीमा जारी “स्व. संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता” को आज मङ्गलवार हुने खेलमा आयोजक बेलबारी फुटबल क्लब रातो र सताक्षीधाम झापा बिच प्रतिस्पर्धा हुँदै छ ।

बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी फुटबल रङ्गशालामा आज दिउसो २ बजे हुने अन्तिम क्वाटर फाइनल खेलमा बेलबारी र झापा भिड्ने भएको हो ।
बेलबारीले आइतबार भएको प्रि क्वाटर फाइनल खेलमा लेटाङलाई २–० गोल को अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने झापाले बाई पाएर सिधै क्वाटर फाइनलमा प्रवेश पाएका थिए ।

हिजो सोमबार भएको तेस्रो क्वाटर फाइनल खेल रारा फुटबल क्लब राजारानी, धनकुटा र पथरी शनिश्चरे फुटबल, पथरी बिच प्रतिस्पर्धा भएको थियो । धनकुटाले पथरीलाई ३–० गोलको अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको “म्यान अफ दि म्याच” राराका खमिर गिलसन कन्दङ्गवा घोषित भएका छन् । उनले नगद पुरस्कार रु।२ हजार ५ सय ५५ प्राप्त गरे ।

आयोजकका अनुसार फाइनल खेल पुस २५ गते हुने छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद पुरस्कार रु।५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ र उपविजेताले रु।३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्