लेटाङ, धरान १७ र बबियाबिर्ता, बिर्तामोड सेमिफाइनलमा प्रवेश : नकआउट भलिबल प्रतियोगिता


बेलबारी, १८ पुस । काकुम युवा समूह बेलबारीको आयोजनामा वडा नं. ४ मा जारी नकआउट भलिबल प्रतियोगितामाको दोस्रो दिनको खेलमा समूह ‘ए’ को लेटाङ, धरान १७ र ‘बि’ को बबियाबिर्ता, बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा समूह ‘ए’ को लेटाङले लक्ष्मीमार्गलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने र धरानले दमकलाई वेस्ट अफ थ्रीमा पराजित गरेको हो ।

समूह ‘बि’ को बबियाबिर्ताले अल राईभलाई वेस्ट अफ थ्रीमा पराजित गरेको हो भने बिर्तामोडले धरान १५ लाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुस १७ गते शुक्रवार भएको उद्घाटन खेलमा अल राईभले हलगडा इटहरीलाई, लेटाङले पथरी ए लाई लक्ष्मीमार्गले तरहरालाई, बबियाबिर्ताले पथरी बि लाई, ट्रस्टनेपाल धरान १७ लाई र बिर्तामोडले आयोजक टिमलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

भोलि आइतबारको खेल लेटाङ र धरान १७ र बबियाबिर्ता र बिर्तामोड बिच प्रतिस्पर्धा हुने कार्यक्रमका संयोजक विनोद राईले जानकारी दिएका छन् । राईका अनुसार प्रतियोगिता विजेता टिमले उपधीसहित नगद पुरस्कार रु.३१ हजार प्राप्त गर्ने छ भने उपविजेताले रु.२० हजार प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्