प्रि-क्वाटर फाइनलमा पथरीशनिश्चरे विजयी : स्व.संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता


मोरङ, १८ पुस । बेलबारी फुटबल क्लबको आयोजनामा मोरङको बेलबारी नगरपालिका वडा नं.३ स्थित प्रस्तावित बेलबारी फुटबल रङ्गशालामा जारी “स्व।संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७” को प्रथम प्रि-क्वाटर फाइनल खेलमा पथरीशनिश्चरे फुटबल क्लब, मोरङ विजयी भएको छ ।

बेलबारी फुटबल क्लब (निलो), मोरङलाई ३–० गोलको अन्तरले हराउँदै प्रथम प्रि।क्वाटर फाइनल खेलमा पथरीशनिश्चरे विजयी भएको हो । पहिलो हाफको खेल गोल विहीन सकिएको थियो । दोस्रो हाफमा भने पथरीशनिश्चरेले ३ गोल गरेर क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ ।


पथरीशनिश्चरेका जर्सी नं. ८ का अंकीत लिम्बुले खेलको ४६ औँ मिनेटमा गोलको खाता खोलेका थिए । जर्सी नं. २१ को विशाल पाण्डेले ५३ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल जर्सी नं. ७ का रोशन माझीले ७४ औँ मिनेटमा गरेर आफ्नो टिमलाई प्रथम प्रि-क्वाटर फाइनल खेलको विजेता बनाएका छन् ।


म्यान अफ द म्याच पथरीशनिश्चरेका जर्सी नं. ४ का खेलाडी मीन धिमाल घोषित भएका छन् । धिमालले नगद पुरस्कार रु.२ हजार ५ सय ५५ प्राप्त गरेका छन् ।
भोलि आइतबारको खेल आयोजक टिम बेलबारी फुटबल क्लब रातो र लेटाङ फुटबल क्लब बिच प्रतिस्पर्धा हुने कार्यक्रमका संयोजक शंकर सुवेदीले जनाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्