कमानसिंह लामासँग श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार नगर्न ः प्रचण्ड


काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका हुन् । प्रचण्डले सम्बन्धित हाइड्रोका व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र श्रेष्ठले पनि तपाईंहरू मिल्नुस् भन्ने बाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेको बैठकपछि श्रेष्ठले जानकारी गराए ।

‘अध्यक्ष प्रचण्डले कमानसिंह लामा र एउटा हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ, त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न अनुरोध गर्नु गएको छ’, बैठकपछि पत्रकारसँग प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्