नेकपा स्थायी कमिटी बैठक केहि समय बसेर सकियो


काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहि समय बसेर सकिएको छ ।

नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको नेकपा बैठक स्थगित गरिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको थियो । अर्को बैठकदेखि मात्रै ओली र प्रचण्डको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्