जसपा मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा लावती


मोरङ,२५ मंसिर । जनता समाजवादी पार्टीको मिक्लाजुङ गाउँपालिका समितिको समायोजनपछि सिंहराज लावतीको अध्यक्षतामा २७ सदस्यीय नयाँ समिति घोषणा गरिएको छ ।

तत्कालिन समाजवादी पार्टी राजपाबिच एकता भएपछि बुधबार मिक्लाजुङ गाउँ समितिको समायोजन गरिएको हो ।
समितिको उपाध्यक्षमा चन्द्रप्रसाद राई, मनमाया राई आङ्देम्बे र गोबिन्दप्रसाद आङ्देम्बे छन् । यसैगरी सचिवमा दुर्गा आङ्देम्बे, सह(सचिवमा धर्मराज राई (मिलन), नेल्कन माखिम र सन्जित राई छन् भने कोषाध्यक्षमा डिल्लीसिंह तामाङ छन् ।

सदस्यहरुमा हरिसचन्द्र आङ्देम्बे, रामकृष्ण राई, सुदिप आङ्देम्बे, लाखबहादुर आङ्देम्बे, भरत राई, बिमला राई, प्रमिला आङ्देम्बे, सिर्जना बेघा, राजबहादुर आङ्देम्बे, रन्धोज कुरुम्बाङ, खड्कनारायण खम्बु, तुलसी राई, मणिप्रसाद लावती, उदय नेम्वाङ, अजय राई, आशिस लावती, गंगा लावती, राजेन्द्र चेम्जोङ लगायत छन् ।

जनता समाजवादी पार्टी लेखा आयोगका सदस्य दिलेन्द्र कुरुम्बाङ, जिल्ला (पाँचथर) सचिवालय सदस्य मनकुमार आङ्देम्बेलगायत नेताहरूको उपस्थितिमा समायोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्