पूर्व सांसद कमानसिंह लामाको निधन


काठमाडौं, २५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ ।

दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद लामा कोरोना संक्रमणपछि उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा गए राति सवा १२ बजे निधन भएको हो ।

उनलाई करिब ३ साताअघि कोरोना संक्रमण देखिएको थियो । उनी २०४८ सालमा काभ्रेबाट निर्वाचित लामा त्यहाँ कम्युनिस्ट पार्टीका संस्थापमध्येका एक मानिन्छन् ।

लामा सुगर र प्रेसरका बिरामी थिए । लामा काभ्रेबाट दुई पटक सांसदमा विजयी भएका थिए । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए । कोरियामा नै रहँदा उनको मिर्गाैलामा क्यान्सर समेत देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्