६ वर्ष बालिकाको हत्या गरेको अभियोगमा सपना पक्राउ


रसुवा, २४ मंसिर । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् ।

बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको छ । आइतबारदेखि हराइरहेकी बालिकाको हिजो दिउँसो शव भेटिएको थियो । आइतबार बिहान विद्यालय गएकी बालिका बेलुकीसम्म घर नफर्किएपछि परिवारले खोजी गरेको थिए ।परिचय खुल्न नसकेकी एक महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरी चौकी ग्राङमा उजुरी दिएका थिए ।

तामाङले बालिकालाई अपहरण गरेर हत्या गरेको हुन सक्ने तर अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्