केराबारीबाट एक अभियुक्त प्रहरी नियन्त्रणबाट फरार


केराबारी,२३ मंसिर । इलाका प्रहरी कार्यालय केराबारीबाट चोरीको अभियोगमा रहेका एक अभियुक्त प्रहरी नियन्त्रणबाट फरार भएका छन् ।

मोरङको केराबारी गाउँपालिका ३ का दिपक मंग्रातीको घरबाट ४२ हजार रुपैया चोरी गरी प्रहरीको नियन्त्रणमा रहेका अभियुक्त दिपेन मंग्राती मंगलबार विहान कार्यालय परिसरबाट फरार भएका हुन् । अभियुक्त मंग्राती लागु पदार्थ दुव्र्यसनी समेत रहेको बताइएको छ ।
वैदेसिक रोजगारमा गएका स्थानीय दिपक मंग्रातीले घरपरिवारलाई ५० हजार रुपैया पठाएको र ७ हजार खर्च गरेर बाकी रहेको पैसा घर्रामा राखेको थिए । तर रकम झिकेर ल्याएको केही समयमा भतिजा पर्ने दिपेन मंग्रातीले चोरी गरेका हुन् ।

पैसा चोरी गरेको आसंकामा प्रहरीको केरकारपछि चाही उनले आमालाई सोध्नु भन्दै जवाफ फर्काएपछि उनी अनुसन्धानमा तानिए र उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका बेला पैसा चोरेको स्वीकार गरेपछि उनलाई लिएर प्रहरी घट्नास्थल पुगेको थियो ।
घरपछाडी खोल्मा कोठामा माटोभित्र गाडेर राखेको अवस्थामा फेला परेको थियो । सो रकम पनि प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कार्वाही गर्ने भनि सोमबार साँझ प्रहरी कार्यालयमा लगिएको थियो ।

प्रहरी हाताभित्रबाट फरार भएको भन्दै स्थानीयले मंगलबार प्रहरी कार्यालय घेराउ गरेका छन् । यसअघि पटक पटक छरछिमेकीको नगद तथा गरगहना हराएको र नीजले नै चोरी गरेको केही तथ्यसहित कार्यालयमा वुझाउँदा पनि प्रहरी कार्यालयले त्यसै छाड्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।

घट्नाको सम्बन्धमा इलाका प्रहरी कार्यालय केराबारीका इनचार्ज दिपक बरालले फरार भएका व्यक्तिलाई मुद्धा चलाइने र जहा भएपनि पक्राउ गरिने बताए । विहान पानी खाने भनेर बाहिर निकालेका थियौं पानी खाने भनेर दक्षिणपटिको वालबाट हामफाली जंगलतिर भागेको कार्यालयका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्