शिक्षकलाई गोली हानी हत्या


मोरङ, २३ मंसिर । मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको हो ।

५४ वर्षीय शिक्षकको हत्यामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको संलग्नता देखिएको छ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् । विप्लव समूहले शिक्षकको गोली हानी हत्या गरेको जानकारी पाएपछि आफूहरु थप अनुसन्धानका लागि घटनास्थलमा जाँदै गरेको उनले बताएका छन् ।

श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई गराएका थिए । महेशको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक खड्काले मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस्