बालुवाटारमा शुरु भयो सर्वदलीय बैठक


काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक शुरु भएको छ । बालुवाटारमा शुरु भएको बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।

संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ ।यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो । त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए । ‘प्रधानमन्त्रीले बैठकको शुरूमै सहभागी नेताहरूलाई स्वागत गर्नु हुँदै आजको छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पार्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्,

‘उहाँको जोड कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गर्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्