सर्वदलिय बैठकको औचित्य नभएको टिप्पणी ः कांग्रेस नेता गुरुङ


काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठकको औचित्य नभएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाएका छन् ।

मंगलबार बिहान गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जाल ट्वीटरमा मेन्सन गर्दै आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका हुन् ।बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक भएको गुरुङले बताए । सर्वदलिय बैठक प्रमुख प्रतिपक्ष दलको हैसियतमा नेपाली कांग्रेसले बोलाउनुपर्ने गुरुङको भनाइ छ ।

‘आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन,’ गुरुङले ट्वीट गरेका छन्, ‘बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल काँग्रेसकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्