बेलबारीमा ६ हजार भन्दा बढी सुकुमबासी घरपरिवारलाई पुर्जा वितरण गरिने


बेलबारी, २२ मंसिर । बेलबारी नगरपालिकाका ६ हजार भन्दा बढी घरपरिवारलाई जग्गा धनि पुर्जा वितरण गरिने भएको छ । सोमबार मोरङको विराटनगरमा सुकुमबासी समस्या समाधान आयोगसँग नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

आयोग सँग नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी तथा प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले हस्ताक्षर गरेका छन् । आयोगले बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गा धनीपुर्जा वितरण गर्ने प्रस्तावित विवरण समेत तयार पारेको छ ।

आयोगले तयार पारेको विवरणमा थपघट हुन सक्ने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनले भने आफ्नो नगरमा भएका भूमिहीन सकुम वासि, दलित भूमिहीन, अव्यवस्थित बसोबास गरिरहेकाहरूको पुन तथ्याङ्क सङ्कलन गरेर आयोगमा पटाउँछौ ।

बेलबारी सहित प्रदेश १ का ३० स्थानिय तहमा पुर्जा वितरण गर्ने आयोगले जनाएको छ । मोरङ, सुनसरी, झापा, उदयपुर ताप्लेजुङ पाँचथर इलामका केही स्थानिय तहमा पुर्जा वितरण गर्ने तयारी अगाडि बढाइएको छ । मोरङ उर्लाबारी, पथरीशनिश्चरे बेलबारी रंगेलि, लेटाङ, कानेपोखरी र मिक्लाजुङ रहेका छन् ।

आयोगले दलित भूमिहीन, भूमिहीन सकुम बासी, अव्यवस्थित बोसोवासीहरूलाई जग्गा धनीपुर्जा वितरण गर्ने गरी काम अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्