प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली अवश्यक : पूर्व प्रधानमन्त्री भट्टराई


काठमाडौं, २१ मंसिर । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तामानमा देखिएका सबै संकटको निकास प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिका संसद भएको बताएका छन् ।

दुई तिहाइको सरकारमा देखिएको संकट, भ्रष्टाचारको नयाँ रेकडै, जनताको असन्तुष्टि र प्रतिगामीहरुको चलखेल रोक्ने बाटो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद भएको उनको भनाइ छ ।पूर्व प्रधानमन्त्री भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले सक्षम र स्थिर नेतृत्व दिने र पूर्ण समानुपातिक संसदले सबै समुदायको प्रतिनिधित्व गर्ने र चुनावी खर्च पनि कम गर्ने भएकाले यसका लागि सबैले आँट गर्नुपर्ने बताएका छन् ।

‘ऐले २–३ सरकारको संकट, भ्रष्टाचारको नया‘ रेकर्ड, जनताको असन्तुष्टि, प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज हो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली (जसले सक्षम÷स्थिर नेतृत्व दिनेछ र पूर्ण समानुपातिक संसद (जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौती गर्नेछ) सबैले आँट गरौंस, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्