सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटियो


काठमाडौं,२१ मंसिर । सुनको भाउमा शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो ।
आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला १२१० रुपैयाँमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्