झापामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु


झापा, २१ मंसिर । कोरोना भाइरस संक्रमणबाट झापामा थप एक जनाको ज्यान गएको छ । झापाको बिर्तामोड–८ की ४५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

आज विहान १२ः २५ मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. चुरामणी पोखरलले जानकारी दिए । मृतक पहिलेदेखि नै मुटुरोगी थिइन् । साथै, शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्