रमेश तामाङ र शिव छाङछाराई सम्मानित


मोरङ, २१ मंसिर । ‘बेलबारी साहित्य पुरस्कार २०७७’ द्वारा रमेश तामाङ र ‘बेलबारी कला पुरस्कार २०७७’ द्वारा शिव छाङछाराई सम्मानित भएका छन् । बेलबारी साहित्य विकास समिति बेलबारी, मोरङको अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा शनिवार सम्पन्न तेस्रो वार्षिक साधरणसभामा तामाङ र छाङछा सम्मानित भएका हुन ।

बेलबारी वडा नं. १ का  तामाङलाई नेपाली तथा तामाङ भाषा साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा रु.२५ हजार नगदसहित  ‘बेलबारी साहित्य पुरस्कार’ द्वारा र वडा नं. ११ का छाङछाराईलाई चित्रकला तथा मूर्तिकलामा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा रु.१५ हजार नगदसहित ‘बेलबारी कला पुरस्कार’ द्वारा  बेलबारी साहित्य विकासले सम्मान गरेको छ । पहिलो ‘बेलबारी साहित्य पुरस्कार’ द्वारा वरिष्ठ साहित्यकार हर्कमान तामाङ र पहिलो ‘बेलबारी कला पुरस्कार’ द्वारा मूर्तिकार श्याम गौतमलाई बेलबारी साहित्य विकास समितिले सम्मान गरेको थियो ।

बेलबारी वाड नं. १ स्थित मदनमोहनआश्रितपुष्परत्न सांस्कृतिक भवनमा सम्पन्न तेस्रो वार्षिक साधरणसभाबाट तिलकुमारी न्यौपाने गौतम (तिला लेकाली) निर्वाचित भएकी छिन । उपाध्यक्षमा रमेश निरौला, लक्ष्मी रेग्मी सुवेदी, सचिवमा धनजित पराजुली, सह-सचिवमा, विमला सुवेदी कोषाध्यक्षमा पार्वती बराल, सह-कोषाध्यक्ष्मा गणेश लामा र ७ सदस्यसहित १५ सदस्य कार्य समिति निर्वाचित भएका छन् । कार्य समितिले २ सदस्य मनोनयन गर्ने छन् भने लेखा समितिको संयोजकमा राजेन्द्र कार्की चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्