सवारी दुर्घटनामा परि एक जनाको मृत्यु


भद्रपुर,२१ मंसिर । झापाको शिवसताक्षी नगरमा सवारी दुर्घटनामा हुर्दाँ एक जनाको मृत्यु भएको छ ।

शनिबार राति ९ बजे भएको सवारी दुर्घटनामा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने ३० वर्षीय रमेश बिष्टको बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । ट्राफिक प्रहरीका अनुसारको को २ प ६९७० नम्बरको मोटरसाइकलको ठक्करबाट बिष्ट गम्भीर घाइते भएका थिए ।

उनको साथमा रहेका स्थानीय ईश्वरी तिम्सिना पनि घाइते भएका छन् । बिएन्डसी अस्पतालका अनुसार तिम्सिना खतरामुक्त छन् । विष्ट र तिम्सिना पैदल यात्री हुन् । विपरीत दिशाबाट आएको ट्रकको लाइट जुधेर मोटरसाइकल चालकले पैदलयात्री नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटना गराउने मोटरसाईकल प्रहरीले नियन्त्रणमा रहेको र चालक शिवसताक्षी ७ का १८ वर्षिय सन्तोष देजालाई नियन्त्रणमा लिएको उनले जनाएका छन् । दुर्घटना सम्बन्धी प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्