बेलबारीका ४ स्वास्थ्य स्वयंसेविका सम्मानित


बेलबारी, २० मंसिर । बेलबारी नगरपालिकाले १७ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आज ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रममा देवीमाया बस्नेत,मञ्जु कार्की,टीका देवी पोख्रेल र शोभा कार्कीलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत योगदानको कदर गर्दै नगरपालिका स्वास्थ्य शाखाले सम्मान गरेको हो।

कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले महिला स्वास्थ्य स्वयंसेविका हरुले स्वास्थ्य क्षेत्रमा गरेको उल्लेखनीय भूमिकाको चर्चा गर्दै समाजमा महिला स्वास्थ्य स्वयंसेविका घरघरको डाक्टर भएकोले स्थानीय सरकारले उचित संरक्षण र हौसला दिँदै आएको र भोलिका दिनमा नगरपालिकाले आवश्यकता अनुरूप सहयोग गर्ने बताइन्। सम्मानित हुनेहरूलाई नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुलीले सम्मान पत्र र दोसल्ला उडाएकी थिइन ।

स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान कदर गर्दै प्रमाणपत्र तथा खँदा ओढाएर सम्मान गरिएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।कार्यक्रममा महिला स्वयंसेविकाहरूको तर्फबाट गोमा खुलालले आफ्ना कुराहरू राख्दै नगरपालिकाले आफूहरूको योगदानको मूल्यांकन गर्दै आएकोमा स्थानीय सरकार र जनप्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गरिन्।

 

प्रतिक्रिया दिनुहोस्