इटहरीमा पाँचसय शय्याको अस्पताल निर्माणको लागि जग्गा खोजी गर्न समिति निर्माण


सुनसरी, २० मंसिर । इटहरीमा पाँचसय शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्वारा आयोजित सरोकारवाला सबै पक्ष उपस्थित बैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो ।

समितिका सदस्यहरूमा उपमेयर लक्ष्मी गौतम,याम सुब्बा,ईश्वर भट्टराई,हेमकर्ण पौडेल,रोहित प्रसाईँ,हेम घिमिरे,भीम पौडेल,ध्रुव सुब्बा,मेदनी सिटौला र वजरंग अग्रवाल हुनुहुन्छ । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपाल द्वारा प्रस्तावित पाँच सय शय्याको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति बनाइएको हो ।

जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता,प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरू सर्वध्वज साँवा,लिलम बस्नेत हुनुहुन्छ । हस्पिटल सम्भाव्यता अध्ययन समितिका संयोजक हेम घिमिरेले बैठकमा हस्पिटलको अवधारणा पेस गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्