सेडाई परिवारमा खुशी फर्कियो : उमाको उपचारार्थ संकलित रकम रु.११ लाख ७७ हजार

नोबलले दुवै मृगौलामा समस्या देखायो, टिचिङले कलेजोमा


मोरङ, १९ मंसिर । बेलबारी नगरपालिका वाड नं. ९ का भक्त विलास सेडाई र उमा सेडाई दम्पतीको हाँसो फर्किएको छ । उमा सेडाईले उपचार पछि नयाँ जीवन पाएकी छिन । दुवै मृगौलाले काम नगर्ने भनिएकी ४३ वर्षकी उमाको बिरामीको वास्तविक कारण पत्ता लागेर उपचार पश्चात् स्वास्थ्य अवस्थामा सुधार भए पछि सेडाई परिवारमा खुशी फर्किएको हो ।

( उमा भान्जीको स्वास्थ्य अवस्थामा सुधार आए पनि मामाको हाँसो )

मोरङको विराटनगर स्थित नोबेल अस्पतालले उमाको दुवै मृगौलामा समस्या देखाएको थियो । तर काठमाडौँ स्थित टिचिङ अस्पतालले भने उमाको वास्तविक बिरामीको कारण कलेजेको समस्या देखाएको छ । नोबेल अस्पतालमा उपचारको क्रममा उमाको दुवै मृगौलाले काम नगर्ने डाक्टरले बताए पछि सेडाई परिवारमा बज्रपात परेको थियो । सेडाई परिवारका अनुसार उमालाई बचाउन मृगौला प्रत्यारोपण मात्र एक विकल्प थियो । तर उमाको उपचारको लागि भने सेडाई परिवारमा आर्थिक अभाव थियो । नोवेलका डाक्टरको परामर्श अनुसार उमालाई डाइगनोसिस गर्दै मृगौला प्रत्यारोपणको लागि तयारी बनाइन्दै थियो ।

प्रारम्भिक उपचारमा नै ऋणको भारले थिचिएका भक्तले जसो त्यसो उमालाई नोवेलमा उपचार गर्दै थिए । तर उमाको स्वतथ्यमा सुधार नआए पछि सुनसरीको धरान स्थित बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा भक्तले श्रीमतीलाई पुराएका थिए । भक्तका अनुसार बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाले, टिचिङ अस्पतालमा सिफारिस गरे पछि मात्र बिरामाको वास्तविक कारण थाहा पाएको हो । नोबेलले उमाको स्वास्थ्य अवस्थाबारे तयार गरेको रिपोट हेरेर पुनः टिचिङले जाँच गर्दा कलेजेको समस्या देखिएको भक्त बताउँछन् । भक्त भन्छन्, ‘नोबेलले श्रीमतीको दुवै मृगौलाले काम नगर्ने बताएको थियो तर टिचिङ पुगे पछि मात्र थाहा भो कलेजोको बिरामी रहेछ ।टिचिङमा उपचार गर्न पाए पछि मात्र उमाले नयाँ जीवन पाइन ।’

( २०७७ भदै १९ गते खिचिएको सेडाई दम्पतीको तस्बिर )

टिचिङद्वारा उपचार पछि भने अहिले उमाको स्वास्थ्य अवस्थामा धेरै सुधार आएको छ । उपचारार्थ उमाको अहिले स्वास्थ्य अवस्था सामान्य देखिन्छ । ६ पटक सम्म  जम्म २८ घन्टा डाइगनोसिस गरेको सेडाइ दम्पती बताउँछन् । तर टिचिङको अनुसार डाइगनोसिस गर्नु पर्ने थिएन । भक्त भन्छन्, ‘टिचिङ नपुगेको भए श्रीमती बचाउन नसक्ने थिए छु ।’ ३ महिना अघि उमालाई हिँडडुल गर्न त टाढाको कुरा हो, बस्न र खानलाई समेत गाह्रो थियो । कोरोनाको कहर त्यत्तिकै थियो भने लकडाउनमा उपचार नपाउँदा भक्त र उनको दुई छोरीको आँखामा आशु मात्र रसाई रहन्थ्यो । तर अहिले उमा शारिरक मात्र हैन मानसिक रूपमा पनि बलियो भएकी छन् ।

उमाको उपचारको लागि विभिन्न देशमा वैदेशिक रोजगारमा पुगेका नेपाली, स्वदेशका विभिन्न जिल्ला, बेलबारी नगरपालिका, वडा कार्यालय तथा स्थानीयको सहयोगमा रु.११ लाख ७७ हजार भन्दा बढी रकम संकलन भएको भक्तले जनाएका छन् । बेलबारी वाड नं. ९ का अध्यक्ष नगेन्द्र खड्का तथा स्थानीयको नेतृत्वमा उक्त उपचार्थ रकम संकलन सम्भव भएको सेडाई दम्पती बत्ताऊ छन् ।

( वडा अध्यक्षद्वारा उपचारार्थ रकम हस्तान्तरण )

उमालाई बचाउने अभियानमा सक्रिय वडाध्यक्ष खड्का नेतृत्व टोलीले बिहीबार सहयोग दाताको नाम तथा संकलित रकम सार्वजनिक गरेका छन् । सेडाई निवासमा वडाध्यक्ष खड्का तथा स्थानिकसहितको उपस्थितिमा संकलित रकमको विवरण सार्वजनिक गरेका हुन । सहयोगी दाता सबैलाई सेडाई दम्पतीले धन्यवाद प्रकट गरेका छन् ।

उमाबारे समाचार सार्वजनिक भए पछि आर्थिक सहयोग जुट्न सम्भव भएको भक्त विलास बताउँछन् । आर्थिक अवस्था कमजोर भएको कारण उमाको उपचारको लागि कोशी नेपाल मार्फत सेडाई परिवारले सहयोगको अपिल गरेका थिए । वडाध्यक्ष खड्का तथा सेडाई परिवारको आग्रहमा कोशी नेपालको टिम बिरामीको घर पुगेर नै सेडाई परिवार तथा उमाको वास्तविक अवस्थाबारे समाचार तयार गरी सार्वजनिक गरेका थियौ । भदै १९ गते भएको भेट्मा देखेको उमाको स्वास्थ्य अवस्था र अहिलेको स्वास्थ्य अवस्थामा आकाश पातलको फरक रहेको छ ।

उनी अझै उपचारार्थ छिन तर उनको अवस्थामा भने धेरै सुधार आएको छ । तपाई हाम्रो सानो सहयोग र प्रयासले उमाले नयाँ जीवन पाएकी छिन । हाम्रो समाजमा यो एउटा मानवताको उत्कृष्ट उदाहरण हो ।

https://youtu.be/3sB7xAYF1KI

प्रतिक्रिया दिनुहोस्