प्रधानमन्त्री ओली राष्ट्रपति भेटनु शितलनिवास पुगे


काठमाडौं, १८ मंसिर । मन्त्रिपरिषद वैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो चुलिएका बेला प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति कार्यालय प्रवेश गर्छन् । यस अर्थमा यस पटक पनि कुनै राजनीतिक भलाकुसारीकै लागि उनी शितलनिवास गएको हुनसक्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली पछिल्ला दिनमा पनिमा पनि राजनीतिक संकटमा छन् । अर्का अध्यक्ष दाहालले उनीमाथि गम्भीर आरोप लगाउँदै सचिवालय बैठकमा प्रतिवेदन पेश गरेपछि उनीमाथि संकट चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्