प्रम ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ ।सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य रहेका छन् । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्