एनसेलले प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याक ल्यायो


काठमाडौं, १८ मंसिर । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने छन् ।यी नयाँ भ्वाइस प्याक यही मंसिर १८ (बिहीबार) देखि ग्राहकका लागि उपलब्ध हुनेछ र प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसीमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सञ्चालन गर्न सक्ने एनसेलले जनाएको छ ।

एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले करसहित १७ रुपैयाँमा एक घण्टा समयसीमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्ने छन् जसमा ग्राहकले २८ पैसाप्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् । एनसेल नेटवर्कभित्र कल गर्न विद्यमान शुल्क प्रतिमिनेट करसहित २.५४ रुपैयाँ रहेको छ ।

ग्राहकले ६० मिनेटको प्याक सञ्चालन गर्नेबित्तिकै प्याकको समयसीमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरि एक घण्टाको प्याक सञ्चालन गर्न सक्नेछन् । त्यसैगरी ग्राहकले तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक करसहित मात्र ४८ रुपैयाँमा सञ्चालन गर्न सक्ने छन् ।

सुलभदरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्