श्रीमतीको मृत्यु खबर सुनेपछि २४ घण्टा नबित्दै श्रीमानको मृत्यु


इलाम,१७ मंसिर । इलामको फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह मगरको श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै मृत्यु भएको छ ।
विराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत श्रीमानको पछिल्लो स्वास्थ अवस्था बारे जानकारी पाएपछि असहज महसुस गरी उपचारका लागि अस्पताल पु¥याउँदै गर्दा मगरकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै कोरोना संक्रमणको उपचाररत महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत मगरको गए राति मृत्यु भएको हो ।

मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भइ भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको मगरलाई मङ्सिर १३ भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई सुनाएको थियो । अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि श्रीमतीको हर्टअट्याकका कारण मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्