परालको कुनियूमा आगजनी


विराटनगर,१७ मंसिर । विराटनगर १२ बखरी र १६ दरैयाँमा स्थानिय किसानले सडक किनारमा राखेका परालमा आइतबार राती आगलागी भएको छ ।

आगलागी भएको बिषयमा सम्बन्धित किसानहरुले आईतबार राति १२ बजे थाहा पाएका थिए । किसानहरुले सूचना दिएपछि पुगेको शसस्त्र, नेपाल प्रहरी र बारुणयन्त्रले स्थानियको सहयोगमा सोमबार बिहानमात्र आगो नियन्त्रणमा आएको थियो ।

सडकक्षेत्रमा राखिएको परालमा एकैपटक आगो लागेका कारण स्थानियमा त्राश निम्तिएको स्थानीय यूवा कुशेश्वर राजवंशीले बताए । ‘विराटनगरको बखरी र दरैयाको सडक हुदै चोरी तस्करी हुने गर्दछ,’ उनले भने, ‘तस्करीमा लागेका समूहले आगजानी गरेको हुनसक्दछन् ।’
भारतदेखि अवैध रूपमा तस्करी गर्ने गिरोहका समूहले ल्याएको अवैध सामाग्री बरामद गर्न सशस्त्र प्रहरी र सादा पोशकका प्रहरी टोलीलाई लुकेर गिरोहले ल्याएको सामान समात्न सजिल्लो हुने गरेको थियो,’ विराटनर १२ बखरीका एक स्थानियले भने, ‘यो कुरा तस्करीमा लागेका समूहले थाहा पाए । त्यही भएर उनीहरूले आगजाने गरेको हुनसक्दछ ।’ यस घटनामा प्रहरी प्रशासनले अनुसन्धान गरिनुपर्ने यहाँका स्थानियको माग पनि राखेका छन् । तस्करीको सामान ल्याउने क्रममा पराल छेउमा प्रहरी लुकेर घेराबन्दी गर्नसक्ने आशंकामा आगो लगाएको हुन सक्ने स्थानिय बताउँछन् । सडक किनारका सबै परालहरू जलाउने उद्देश्य सहित परालहरुमा डिजेल छर्केर लामो दुरीसम्म आगो लगाइएको स्थानियको भनाई छ ।

आगलागीमा बखरीबाट दक्षिणतर्फ रहेको दरैया हुँदै नेपालभारत सिमाक्षेत्रसम्म पुग्ने बाटोको दाँयाबायाँ डेढ किलोमिटर क्षेत्रसम्म राखिएको एक दर्जन किसानको पराल जलेर खरानी भएको छ ।
यहाँबाट अहिले टेम्पु र मोटरसाईकल प्रयोग गरेर भारतबाट कपडा, खाद्यबसतुलगायतका विभिन्न सामाग्रीहरू तस्करी गर्ने गरिएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्