सालकको खपटा सहित एक जना पक्राउ


भोजपुर,१७ मंसिर । लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका(१ का ३५ बर्षीय ईच्छा कुमार राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले राईलाई १.५ केजी सालकको खपटा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्