रिङ रोड र रेल्वेको कामले चाडै गति लिने छ : मन्त्री घिमिरे


विराटनगर, १५ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वेको कामले गति लिने बताउनु भएको छ ।

अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने बताउनुभयो । मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भए पनि अव निर्माणले चाडै गतिलिने मन्त्री घिमिरेले बताउनुभयो । मुआब्जाको विवाद समाधान तर्फ गएको उहाँले बताउनुभयो । रिङ रोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिवर्तन हुने मन्त्री घिमिरेले बताउनुभयो ।

कटहरी १ को जेएम युवा क्लबको २४ औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले मोरङको कटहरीले इतिहासमा अहिले सम्म नपाएको बजेट पाइरहेको बताउनु भयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन वर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेका छन् ।’ तीन वर्षको अवधि भित्रमा कटहरीको विकासले गति लिएको मन्त्री घिमिरेले बताउनुभयो ।

कार्यक्रममा वार्षिकोत्सवको अवसरपारि आयोजित टेबल टेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले संसद् विकास कोषबाट ५० हजारको खेल सामाग्री पनि क्लब मार्फत खेलाडीहरूलाई वितरण गर्नुभएको थियो ।

कार्यक्रममा कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी, क्लबका अध्यक्ष सत्यानारायण माझी, देवराज चौधरी लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्