धरान बीपीका इन्टर्न चिकित्सकहरुको भत्ता बढाउने सहमती


धरान,१५ मंसिर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘इन्टर्न’ चिकित्सकहरुको भत्ता बढाउने सहमती भएको छ ।

विभिन्न माग सहित आन्दोलनरत इन्र्टन चिकित्सक र प्रतिष्ठान व्यवस्थापनबीच सोमबार भएको वार्तामा भत्ता बढाउने सहित ११ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिँदै उनीहरू ड्युटीमा फर्किएका छन् ।

प्रतिष्ठानले इन्टर्नहरुलाई जीवन निर्वाह भत्ताका रूपमा मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा वार्तापछि १८ हजार ५ सय रुपैयाँ दिने सहमति भएको छ । सहमती इन्टर्नसिप सुरु भएकै मितिदेखि लागु हुने र आगामी दिनमा शिक्षक–कर्मचारीको तलब वृद्धि हुँदा इन्टर्नहरूको जीवन निर्वाह भत्ता पनि कार्यकारिणी समितिले उचित मूल्यांकन गरेर वृद्धि गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्