२० बर्ष कैद सजाय सुनाएको फरार प्रतिवादी पक्राउ


सुनसरी,१५ मंसिर । जिल्ला अदालत सुनसरीले २० बर्ष कैद सजाय सुनाएको फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका ६ का ३२ वर्षीय कृष्णराज धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सामान्य विवादमा ठाकुरलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । घटनापछि धामी फरार धामीसहित उनका ४ साथीहरूलाई कर्तव्य ज्यान मुद्दामा दोसी ठहर गर्दै अदालतले २०७१ साउन २९ गते २० बर्ष कैद सजाय सुनाएको थियो ।

प्रहरीले धामीलाई घटनाको १३ वर्षपछि मोरङको उर्लाबारी नगरपालिका ५ बाट पक्राउ गरेको कार्यालयले जनाएको छ । पक्राउ परेका धामीलाई अदालतको आदेश बमोमिज कैद भुक्तानको लागि झुम्कास्थित कारागार पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्