बस दुर्घटना हुँदा एक जनाको मृत्यु


अछाम, १५ मंसिर । धनगढी आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका–७ मार्कुमा आज (सोमबार) बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका–३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिएका छन् । बस साँपे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा थप १७ जना घाइते भएका छन् । उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको प्रहरीले  जानकारी दिए । यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्