बालकको परिवारद्धारा सहयोगको याचना


केराबारी । मोरङ केराबारी गाउँपालिका २ सिंहदेवीका एक बालकका परिवारले आफ्नो छोराको जीवन रक्षाका लागि सहयोगको याचना गरेका छन् ।

ग्रामीण क्षेत्रमा बसेर सामान्य गुजारा चलाउँदै आएका केराबारी गाउँपालिका २ (साबिक सिंहदेवी गाविस ७ ) का विष्णुबहादुर ठकुरीले आफ्नो २ वर्षीय छोराको उपचारमा सहयोग गरिदिन आव्हान गर्नुभएको हो ।


छोरा काविल ठकुरीको उपचारार्थ गङ्गालाल ह्रदय केन्द्र काठमाडौँमा उपचारार्थ लगी उपचार गराई रहेको र छोराको दुवै मुटुमा प्वाल परेका कारण आफ्नो उपचार गराउन सक्ने हैसियत नभएकोले सहयोगको याचना गर्नुपरेको ठकुरीले बताएका छन् । उनले मनकारी सहयोगी महानुभावहरूलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

एक वर्षअघि देखि छोराको उपचारका लागि धाउँदा धाउँदा भएको जाय जेथा पनि सकिएको र सामान्य रकमले नपुग्ने भएका कारण आफू समेत पीडित भएको बताउँदै मनकारी हरूले सहयोग गरिदिनु भए उहाँहरूका लागि ऋणी बन्ने थिए बालककी आमाले भनिन् । सहयोग गर्न चाहने शिक्षक युवराज ठकुरी महानुभावहरूले बालकको पिता विष्णुबहादुर ठकुरी ९८२४३०६५८१ शिक्षक युवराज ठकुरी ९८१४३७७४७७, वा ९८१२३३४४३७ मा सम्पर्क गर्न सक्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्