कानुन मन्त्री ढकाल : वाइडबडी विमान खरिद प्रकरणमा वर्तमान सरकार दोषी छैन


बेलबारी / कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताएका छन् ।


मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ ले आयोजना गरेको जनता सँग मन्त्री भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले अभियोगको खण्डन गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइडबढी खरिदको निर्णय भएको बताएका ढकालले छन् । देउवा प्रधानमन्त्री भएको समयमा उहाँले नै पर्यटन मन्त्रालय रहेको समय मानै निर्णय भएको र पछि दुई जना पर्यटन मन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको मन्त्री ढकालले बताएका हुन् । उनले संसदीय सुनुवाइ समिति प्रतिपक्षी दलको भएकाले यो सरकारलाई असफल बनाउन लागि परेको समेत आरोप लगाए ।


२०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २० गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । त्यति बेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्