बेलवारी,१६ कात्तिक । बेलबारी नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र बाहुनीमा कार्यरत दुई जना स्वास्यकर्मीमा कोरोना पुष्टि भएको बेलवारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिएका छन् । एक महिला र एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जनाएको छ ।
संक्रमित दुई जना स्वास्थ्यकर्मी सहित ४० जनाको कात्तिक १३ गते स्वाब संकलन गरेर प्रदेश ल्याव बिराटनगरमा पठाएको थियो ।